गर्भवती आमाको काखमा बसेर ३ बर्षकी मेमोरी खेलरहेकी छे ।
मेमोरीः (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको ।
मम्मीः नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ ।
मेमोरीः हजुर त कस्तो पापी !
मम्मीः किन नि ?
मेमोरीः त्यति सानो बाबुलाई किन खानुभएको त ?
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
पाँचबर्षको पिन्टु २० किलो किताबको झोला बोकेर घरमा पुग्यो ।
पिन्टुः बाबा बाबा, आज म ब्याग उचाल्न नसकेर क्लासमा कस्तो लडेको थाहा छ !
बाबाः अनि क्लासमा लड्दा मेरो बाबु रोयो होला हगी ?
छोरोः अँ, रुने टाइम् नै पाईनँ नि, लड्ने बित्तिकै छुट्टीको घन्टी बजिहाल्यो ।
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
श्रीमतीः साहृजी, यो पोतेको कति पैसा हो ?
साहृजीः १४ सय रुपियाँ हो ।
श्रीमतीः कस्तो महँगो साहृजी !
साहृजीः यस्तै हो हजृर ।
श्रीमतीः ह्या, यस्तो रंग उडिसेको छ !!
साहृजीः अर्को हेर्नोस् न ।
श्रीमतीः सप्पै उस्तै छन् नि, कति हा यसको चाहीँ ?
साहुजीः १५०० रुपियाँ ।
श्रीमतीः कस्तो मँहगो हो साहृजीकहाँ त !
यो पोतेको दाममा त जापानिज जृत्ता नै आउँछ नि ।
साहृजीः जानोस् न त त्यही जृत्ता
झुण्डाउनोस् पोतेको साटो झुण्डाउनोस् पोतेको साटो ।
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
एकजना ब्यापारीको छोराले एसएलसि पास गर्यो । यस खुशीयालीमा उसले एककिलो लड्डु लगेर आफ्नो बाबुलाई दिँदै भन्योः
छोरोः बाबा, मैले गणीतको परिक्षामा १०० मा ९५ ल्याएँ ।
बाबु: नालायक, यो पनि खुशी हुने कुरो हो कहिँ ?
छोरोः १०० मा ९५ ल्याउनु भनेको एकदम राम्रो हो नि बाबा ।
बाबुः वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौं, तैले भने १०० मा पनि ५ घटाइस् !!
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
शहरको नामुद चोरलाई पक्डिएर चौकीमा पुर्याईयो ।
इन्सपेक्टरः किन यस्तो नराम्रो काममा लागिस् तँ ?
चोरः यो सबै हजुर र हजुरका छोराछोरीका लागी मात्रै गरेको हुँ हजुर ।
( एक झापट लगाएपछि) ।
इन्सपेक्टरः के भनिस् रे ?
चोरः यदी हामीले चोरी गर्न छोड्यौँभने सरकारले हजुरहरुलाई के कामका लागी जागीरमा राख्छ त ?

मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!
उहि तिमीलाई हर्न बजाउने ड्राइभर सुजित ,

श्रीमतीः हैन, छोरोको एड्मिसन गराउनु पर्ने बेला भएन ?
श्रीमानः चाउचाउ खाउ, स्कलरसिप पाई हालिन्छ रे नि !
श्रीमतीः मान्छेका श्रीमती उहाँ हिराको हार लगाएर हिड्छन्, आफ्नो भने.....।
श्रीमतीः चाउचाउ खाउ, त्यो पनि पाइन्छ रे !
श्रीमतीः खै पैसा दिनोस्, चाउचाउ किनेर ल्याउँछु ।
श्रीमानः ल, त्यो पनि चाउचाउ खाउ न, नगद नोट पाइन्छ रे !
श्रीमतीः कति जिस्किएको ? हे भगवान, मैलाई यस्तो लोग्ने किन परेको होलारे !
श्रीमानः चाउचाउ खाउ, न, नयाँ लोग्ने पनि त्यसैमा पाइन्छ कि !!!!

श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैन
श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछ
राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"
लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"
स्वास्नी : "कस्तो भ्रम??"
लोग्ने : "म निदाएको थिए भनेर!!"

No comments:
Post a Comment